मौद्रिक नीति अपराह्न १२:२० बजे सार्वजनिक हुने

२७ असार २०८२, शुक्रबार ११:४६

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ काे मौद्रिक नीति यही असार २७ गते अपराह्न १२:२० बजे सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने डिजिटल माध्यमबाट समेत देशभरका दर्शक–श्रोताले सजिलै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज (https://www.facebook.com/NRB.CentralBank) र युट्युब च्यानल (https://www.youtube.com/@NepalRastraBankOfficial) मार्फत पनि सो कार्यक्रम लाइभ स्ट्रिमिङ गरिने बैंकले जानकारी दिएको छ।

मौद्रिक नीति सार्वजनिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र यसपटकको नीति विशेष चासोको विषय बन्ने अपेक्षा गरिएको छ। मौद्रिक नीतिको मार्फत बैंकले चालु आर्थिक वर्षको मुद्रास्फीति नियन्त्रण, कर्जा प्रवाह, निक्षेप संकलन, तरलता व्यवस्थापन र आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*