८ दिनपछि निर्धारण भयो सुनको मूल्य, प्रतितोला कति ?
२७ असार २०८२, शुक्रबार १२:२१

काठमाडौँ । काठमाडौँ । सुनचाँदी ब्यवसायीको आन्दोलन स्थगन भएसँगै ८ दिनपछि सुनको मूल्य निर्धारण भएको छ । बिहिबार सरकार र सुनचाँदी ब्यवसायीहरुबीच ६ बुँदे सहमति भएसँगै आज सुनको मूल्य निर्धारण भएको हो ।
देशभरका सुनचाँदी पसल बन्द गर्दै व्यवसायीहरूले बजेटमार्फत लागू गरिएको २ प्रतिशत विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै आन्दोलन गरेका थिए ।
शुक्रबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













