गभर्नर पौडेलद्वारा बैंक तथा वित्तीय संस्था राहत: हकप्रदबाट पूँजी वृद्धि गर्न पाउने
२७ असार २०८२, शुक्रबार १३:१६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै पूँजी वृद्धिका लागि बाटो खोलेको हो ।
गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि सहजीकरण गरिने बताएका हुन् । अब बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आवश्यकताका आधारमा हकप्रद शेयर जारी गर्ने छन् ।













