गैर बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई व्यवस्थापन गर्न कम्पनी स्थापना

२७ असार २०८२, शुक्रबार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रमा भएको गैर–बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गैर–बैकिङ्ग सम्पत्ति र निष्कृय कर्जालाई सघाउ पुर्याउने उद्देश्यले उक्त कम्पनी स्थापना गर्न लागिएको हो ।

केन्द्रिय बैंकले आगामी आर्थिक वर्षमा सो कम्पनी स्थापनाको सम्भावना अध्ययन गरी आवश्यक नीति तर्जुमा गरेर नेपाल सरकार समक्ष पेश गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*