यातायात कार्यालयमा बसेर घुस खानेलाई कालो मोसो

२७ असार २०८२, शुक्रबार १३:४१

काठमाडौं । यातायात कार्यालयमा बसेर सेवाग्राहीसँग घुस मागेर घुस खाएको भन्दै यातायात कार्यालयका प्रमुखमाथि कालो मोसो दलिएको छ।

सेवाग्राहीसँग घुस माग्ने गरेको आरेपमा यातायात कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई कालो मोसो दलेका हुन्।

यातायात कार्यालय प्रमुख लुईंटेलले सवारी दर्ता, लाइसेन्स र कागजात नवीकरण लगायतका सेवाका लागि आएकासँग घुस माग्ने गरेको आरोपमा कालो मोसो दलिएको बताइएको छ।

कालो मोसो दलेपछि प्रहरीले लुईंटेललाई प्रहरी कार्यालय लगेर घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*