यो साता दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

२८ असार २०८२, शनिबार ०८:३०

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ।

२२ गते आइतबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफको साधारणसभाले पारित गरेको ८ प्रतिशत बोनस बापतको शेयर नेप्सेमा सूचीकृत भएको थियो।

त्यस दिन कम्पनीको बोनस बापत शेयरधनीलाई बाँडेको ३७ लाख ८० हजार ४८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यसैगरी बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को हरित ऊजा ऋणपत्र नेप्सेमा सूचीकृत भएको थियो। त्यस दिन ७ वर्ष अवधि तथा ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६% –२०८८/८९’ सूचीकृत भएको हो।

यस बापत कुल ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको थियो। यसलाई नेप्सेले एनआईएफआरएजीईडी संकेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*