शिक्षकबाट निलम सिंह ठकुरीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

राजन कठायत
२७ असार २०८२, शुक्रबार १६:४४

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी इमाडोलकी निलम सिंह ठकुरीकोे जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन् ।

सफलताको लागि मेहनत अनिवार्य छ भन्ने कुरा सानैदेखि बुझेकी निलम विद्यार्थीहरुलाई पढाउँदा घोकाउने भन्दा पनि बुझाउने र व्यवहारिक शिक्षाका लागि अहोरात्र खटिरहन्थिन् । यही संघर्ष र मेहनत गर्ने बानीले आज एक सफल एजेन्सी म्यानेजरको रुपमा कम्पनी, समाज अनि सिंगो बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी छिन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलकी निलम सिंह ठकुरी यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएकीछिन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित निलम गठ्ठाघर शाखाकी उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेकी छिन् ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै निलमले सिटिजन लाइफमा आबद्ध भएदेखि लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । शिक्षक पेशामा आफ्नो दैनिकी बिताइरहेकी निलम सिंह ठकुरीलाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज निलम सिटिजन लाइफकी नमुना एजेन्सी म्यानेजरको रुपमा परिचय बनाउन सफल भइसकेकी छिन् ।

जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता निलमले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले निलमलाई निकै सहयोग गरेको छ ।

निलमले काठमाडौंका मात्र नभएर सुदूरपश्चिम तथा इमाडोल लगायतका स्थानमा बसोबास गर्ने सयौं नागरिकको बीमा गरेर उनीहरुको जीवनमा आइपर्ने जोखिमको रक्षावरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ सोच बनाई बीमा पेशामा होमिएकी निलमले भविष्यमा समेत नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिबद्धतासाथ काम गरिरहेका छन् ।

पर्सा जिल्लाको तत्कालिन पिडारी गुठी गाविस– ९ मा जन्मिएकी लिलम अहिले सिटिजन लाइफ इन्स्योरेन्सको गाठ्ठाघर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुल्नुका साथै शिक्षण पेशमा समेत आवद्ध भएकी निलमले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।

सानैदेखि पढाइप्रति रुची राख्ने स्वभावकी महिला हुन् निलम सिंह ठकुरी । दुई दशक अगाडी उनीले विरगंजको ठाकुराम बहुमुखी क्याम्पसबाट वि.स.२०६० सालमा स्नातक तह उत्तिर्ण गरेकी छिन् । समाजमा एक शिक्षित नारीको रुपमा आफ्नो परिचय बनाएकी निलमले शिक्षक पेशामा आवद्ध भएको समयमा हजारौं बालबालिकाहरुलाई इमान्दारीताको बाटो देखाएकी छिन् ।

घर परिवारको राम्रो साथ र सहयोग पाएकी निलमले शिक्षणलाई समेत त्यागेर बीमा व्यवसायलाई नै आन्तसाथ गरेर अगाडी बढेकी छिन् । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्प्रर्धा रहेको छ । मैले विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’ उनले भनिन्, ‘व्यवसायीक र इमान्दार अभिकर्ताले जतिसुकै प्रतिस्पर्धा भएपनि अरु अभिकर्ताको कुरा काट्दैन्, शर्त र कानुनमा रहेर बीमा गराउछन् ।

परिवारको साथ सहयोगले खुशी भएकी निलमले भनिन्, ‘मेरो घरपरिवार र श्रीमानले धेरै साथ र सहयोग गर्नुभएको छ । उहाँको साथ बिना म केही पनि गर्न सक्ने अवस्था थिएन् । म मेरो श्रीमानलाई धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु।’

उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर एक असल बुहारी, असल आमा पनि बन्नुका साथै जिम्मेवार श्रीमती बन्न सफल भएकी छिन् । आफ्नो छोरा–छोरीलाई उच्च शिक्षा हासिल गराउँनुका साथै श्रीमानका हरेक सुख, दुःखमा साथ दिदैै आएकी छिन् ।

घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी निलम अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछिन् । उनले अभिकर्ता भनेका मानिसको जीवनका जिउँदा भगवान हुन भन्दै मानिसको जीवनमा आईपर्ने समस्यालाई टार्ने एकमात्र माध्यम भनेको जीवन बीमा रहेको बताउछिन् ।

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले निलम गठ्ठाघर शाखा कार्यालयबाट आर्थिक वर्ष २०७९–८० सालमा सिल्भर क्लब, आव २०८०–८१ मा ब्रोन्ज क्लब र आव २०८१–८२ मा गोल्ड क्लबमा छनौट हुन् समेत सफल भएकी छिन् ।

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर अभिकर्ता निलमले नागरिकहरुलाई राम्रोसँग बुझाएर उनीहरुलाई झन बढी विश्वास दिलाई बीमा व्यवसाय गर्ने गरेको सुनाउछिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै निलमको आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले काठमाडौं,सुदूरपश्चिम तथा विरगंजका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकी छिन् ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछिन् निलम । अन्त्यमा , उनले आम नागरिकहरुलाई गाँस, बास र कपास पछिको महत्वपूर्ण कुरा जीवन बीमा रहेको भन्दै बीमितहरुको सेवामा निरञ्तर सर्पित रहँदै आएकी छिन् । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकण गर्न अभिकर्ता पेशाले महत्वपूर्ण भुमिका रहेको उनको धारणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*