इजलासमै न्यायाधीशलाई कालोमोसो दल्नेहरु बहुमतका नेताहरू सम्मानित

२८ असार २०८२, शनिबार २०:२४

काठमाडौं । उच्च अदालत पर्साको इजलासभित्रै पुगेर दुई जना न्यायाधीशलाई कालोमोसो दल्ने नेकपा बहुमत समर्थित नेता तथा कार्यकर्ताहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

बाराको चर्चित बम काण्ड तथा इट्टा भट्टमा जीउदै मानिसहरु जलाएको घटनाका मुख्य अभियुक्त तथा नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई निर्दोष सावित गर्दै रिहा हुने फैसला सुनाउने उच्च अदालत बीरगन्जका न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो दल्ने कार्यमा संलग्न नेकपा बहुमतका केन्द्रीय सदस्य पदम बहादुर मगर, अविनास कुँवर र सिराहा जिल्ला सदस्य गर्भु महतोलाई प्रक्राउ गरी मुद्दा चलाइएकोमा हिजो धरौटीमा रिहा गर्ने आदेश दिइएको थियो ।

पक्राउ परेका तीनै जना नेताहरु रिहा भएपछि नेकपा बहुमतले आज काठमाडौंमा कार्यक्रमको आयोजना गरी न्यायाधीशलाई कालोमोसो दलेकोमा सम्मानित गरिएको हो ।

उच्च अदालतका न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेका थिए । नेकपा बहुमत पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश) ले न्यायाधीशलाई कालोमोसो दलेर जनताको पक्षमा न्याय नदिने तत्वहरुलाई जनकारवाही गरेको अभिनन्दन समेत गरिएको हो ।

सो कार्यक्रममा स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले जनताले जनउत्तरदायी न्यायप्रणाली र अदालतको अनुभूति नगरेपछि आफ्नो पार्टीले जनकारवाही गर्न बाध्य भएको बताए । कालोमोसो दल्न गठित टोलीका सदस्य तथा पार्टी केन्द्रीय सदस्य अभिनाश कुँवरले एक महिना लामो कारागार बसाईले कालोमोसोभन्दा माथिको कारबाही गर्न तयार हुन सिकाएको अनुभव प्राप्त भएको बताउँदै जनताको पक्षमा न्याय नहुने अवस्थामा थप कडा कारवाही लिएर उत्रिने चेतावनी दिए ।

उनीहरुले जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै न्यायाधीशहरु खुशीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो दलेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*