विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

२९ असार २०८२, आईतवार ०७:०८

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड हुनेछ।

भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने १८ लाख २६ हजारभन्दा बढीको हात रित्तो हुनेछ।

क्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका छन्। कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*