कपिलवस्तुमा यात्रुबाहक बस पल्टियो, २९ जना घाइते
२९ असार २०८२, आईतवार ०८:०१

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस कपिलवस्तुमा पल्टिदा सोही बसमा सवार २९ जना यात्रु घाइते भएका छन्।
उक्त बस आज बिहान करीब ४ बजेको सयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा अनियन्त्रि त भएर पल्टिएको हो।
उक्त बसमा ३० जना यात्रु सवार रहेकोमा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम र ६ जनालाई सामान्य चोटपटक लागेको छ।











