मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबारमा रौनक, अधिकांश कम्पनीको मूल्यमा उछाल
२९ असार २०८२, आईतवार १२:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो शेयर बजार उच्च अंकले बढेको हो ।
यो समाचार तयार पर्दा अर्थात् १२ः३३ बजेसम्म ४१ अकंले बजार बढेको छ । कारोबार रकम पनि ५ अर्ब ३० करोड भएको छ ।
गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ ।












