हिमालयन पावर पार्टनरद्वारा हकप्रद निष्काशनको लागि अनुमति माग

२९ असार २०८२, आईतवार १६:१८

काठमाडौं। हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद जारी गर्न असार २४ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*