नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने, कसरी दिने आवेदन ?

३० असार २०८२, सोमबार १०:१२

काठमाडौँ । नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई बराबरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ ।

बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यस ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन २० गतेसम्म खुला रहनेछ ।जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*