१ करोड ३२ लाखको बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त भरत चौलागाई पक्राउ

३० असार २०८२, सोमबार १६:४३

 

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले बैंकिङ कसुर मुद्दामा फरार रहेका भरत चौलागाईलाई पक्राउ गरेको छ। चौलागाईमाथि १ करोड ३२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा रहेको छ।

प्रहरीका अनुसार उनलाई असार २९ गते बिहान इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको टोलीले गुप्त सूचनाको आधारमा निजगढ नगरपालिका–१, सिंगौलस्थित गाउँघरमा घुमफिर गरिरहेको अवस्थामा चौलागाईलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि काठमाडौँ जिल्ला अदालत बबरमहलले २०८२ असार १८ गते पक्राउ पुर्जी जारी गरेको थियो। सो आदेशअनुसार उनलाई पक्राउ गरी विमानमार्फत सिमरा विमानस्थल हुँदै काठमाडौँ प्रहरी परिसरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*