सन नेपाल लाइफको १ करोड ४ लाख कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबार

३० असार २०८२, सोमबार १७:०६

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको कुल एक करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब नेप्सेमा कम्पनीको सूचीकृत शेयर संख्या ५ करोड ३ लाख १२ हजार ३०० कित्ता पुगेको छ ।

उक्त सूचीकृत हकप्रद शेयर लगानीकर्ताहरुले भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*