७७ हजारले पाउने हिम स्टार उर्जाको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

३१ असार २०८२, मंगलवार ११:०२

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आइपीओ भोलि अर्थात् असार ३२ गते दिउँसो बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीको आइपीओ हात पार्ने भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीको आइपीओमा ७७ हजार ३९७ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । जसमा सोहि मध्येका ५ जनाले भने थप १।१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरि बाँडफाँट गरेको छ । कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*