एनएमबि लघुवित्तको साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव
३१ असार २०८२, मंगलवार १३:५८

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा भोलि पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजेदेखि बस्दैछ।
उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले असार २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असार २३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।












