बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन

३१ असार २०८२, मंगलवार १६:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्व परिवर्त हुने वित्तिक्कै कर्मचारीहरुले डराउने अवस्था हुदैन् । कर्मचारीको काम कारबाहीले मात्र बीमा क्षेत्रको पारदर्शीता बढाउन सकिन्छ । त्यसैले उत्कृष्ट कार्य गनुहोस् । मेरो र अर्थमन्त्रालयबाट आवश्यक गर्नुपर्ने काम म गर्छु ।’

‘हामी भन्दा नीजि क्षेत्र धेरै अगाडी गएको छ । उनीहरुसँग प्रतिस्पर्धा गर्नको लागि पनि हामीहरुले बलियो हुनुपर्दछ । आफुलाई नियमन निकायका रुपले प्रस्तुत गर्नुस् ।’ उनले भने, ‘कर्मचारीहरुबीचको सम्बन्ध समधुर बनाएर अघि बढ्नु होला । ग्रुप बनाएर एक अर्काका कुरा नकाटी ३७ वटा कम्पनीको काम कारबाही गर्दा सक्षम रुपले गर्नुहोस् । नियामकको रुपले उभिन्नुस् ।’

‘बीमा क्षेत्रलाई थप पारदर्शीता, सहज र सरल बनाउनु बीमा प्राधिकरणको जिम्मेवारी रहेको छ । बीमा नियमावलीको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्छ ।’ उनले भने । अध्यक्ष पोखरेलले बीमा नियमनको लागि सम्पूर्ण कम्पनीहरुको अनुगमनलाई प्रभावकारी बनाउने कुरामा जोड दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको प्रभावकारी अनुगमनको उदाहरण दिदै बीमा कम्पनीको अनुगमनलाई तीब्रता दिएर बीमा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्य रहेको बताए ।

नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई पूर्ण रुपमा लागु गर्ने प्रतिवद्दता जनाएका छन् । उनले बीमा क्षेत्रका सम्भावित काम कारबाही अनलाईन मार्फत गर्नको लागि आवश्यक संरचना बनाउने र कार्यान्वयन गर्ने बताएका छन् ।

‘कर्मचारीको क्षमता बढाउनको लागि लोक सेवाबाट कर्मचारी नियमावली समेत ल्याइसकेका छौं । विभिन्न तालिम, सेवा सुविधा लगायतका कुराहरु नियमावलीमा समावेश गरिएको छ । बीमा क्षेत्र राम्रो छ । ढुक्क भएर काम गर्नुस्।’ उनले भने

उनले समग्र युवा पुस्ताप्रति सरकारको भरोसा प्रेरणादायी हुने उल्लेख गर्दै, बीमा ऐन, नियमावली, कार्यविधि, निर्देशिका, निर्देशन तथा मापदण्डहरू निर्माण भइसकेको र बीमा प्राधिकरणले वर्षौंदेखि नियामक भूमिका निर्वाह गर्दै आएको बताए।

उनले प्राधिकरणका कर्मचारीलाई संस्थागत सुधारको अभिन्न हिस्सा बनाउँदै अन्याय हुन नदिने र आन्तरिक गुटबन्दी रोक्ने रोक्नु पर्ने बताए । ‘आन्तरिक साना साना समुह नबनाई अघि बढ्नु पर्छ । यदि यस्तो भयो भने मेरालाई मान्य हुने छैन । सरकारले दिएको जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हो, जसका लागि सबैको सहयोग अपरिहार्य छ कर्मचारीलाई अन्याय हुन दिने छैन’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*