नयाँ अध्यक्षलाई बीमा प्राधिकरणका कर्मचारीले यसरी गरे भव्य स्वागत (तस्विरहरु)
३१ असार २०८२, मंगलवार १७:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष सेवन्तक पोखरेललाई कर्मचारीहरुले भव्य रुपमा स्वागत गरेका छन् ।
अर्को व्यवस्था नभएसम्मका लागी बीमा प्राधिकरणको अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका कर्मचारीले नयाँ अध्यक्ष पोखरेललाई भव्य स्वागत गर्दै आफूहरुको भरपूर साथ सहयोग रहने प्रतिक्रिया जनाएका छन् ।
अध्यक्ष पोखरेलले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै सम्पूर्ण कर्मचारीहरुलाई नियमनकारी निकायको रुपमा प्रस्तुत भएर बीमा कम्पनीहरुको व्यवसायिक नियमन गर्न निर्देशन दिएका छन् ।
तस्विरहरुः


















