संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
३१ असार २०८२, मंगलवार १७:३४

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्री बनेकी हुन् ।













