असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूलाई ९० प्रतिशत छुट
३१ असार २०८२, मंगलवार १८:१०

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ ‘कम्पनी ऐन २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) मा यो उपदफा प्रारम्भ हुँदाका बखत ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाए जरिबानामा ९० प्रतिशत छुट दिइनेछ’,
कम्पनीहरूले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन ३२ असार अपराह्न ५ बजेभित्र अनलाइन माध्यमबाट ‘क्यामिस’ प्रणालीमा प्रविष्ट गरिसक्नु पर्ने जानकारी दिइएको छ ।














