केरुङ घटनाको बीमा दावीको अवस्था अन्योल

३२ असार २०८२, बुधबार १०:१८

काठमाडौं । गत असार २४ गते चीनतर्फको सीमा नाका केरुङमा आएको बाढीबाट ठूलो धनजनको क्षति हुन पुगेको छ । तर, घटना भएको एक साता बितिसक्दा पनि उक्त घटनामा कति बीमा दावी परेको छ र बीमाको अवस्था के छ भन्ने यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन ।

नेपाल बीमा प्राधिकरणले समयमा अग्रसरता देखाउन नसक्दा केरुङ घटनाको बीमा दावी, घटनामा भएको क्षति तथा भन्सार यार्ड, नाकामा राखिएको सामानहरुमा पुगेको क्षति मध्ये के कति बीमाको दायरामा थिए र कति थिएनन् भन्ने तथ्याङ्क समेत बाहिर आउन सकेको छैन ।

भिषण बाढीमा परी छ चिनियाँ नागरिक र १७ जना भन्दा बढि नेपाली नागरिकहरुले ज्यान गुमाएका थिए । भन्सार नाका भएकोले नेपाल भित्राउँदै गरिएका नयाँ सवारी साधनहरु बाढीले बगाएको थियो । नेपालतर्फको भन्सार यार्ड र चिनियाँ तर्फको भन्सार यार्डमा राखिएका दर्जनौं सवारी साधनहरु बगाएको भन्सार रसुवा भन्सार कार्यालयले जनाएको छ । साथै जुत्ता, लत्ता कपडा समेत बगाएको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । त्यस्तै ढुवानीमा प्रयोग गरिएका ट्रकहरु समेत बाढीले बगाएको छ ।

उता, बीमा प्राधिकरणका सूचना अधिकारी पूर्ण बहादुर थापा सम्पर्क विहिन भएकोले प्रतिक्रिया लिन सकिएन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*