उपभोक्ता ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुई कम्पनीलाई लाखौं जरिवाना

३२ असार २०८२, बुधबार ११:१२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लङ्घन गरेको पाइएका नौ वटा फर्म र संस्थामाथि जरिवाना तथा निर्देशनात्मक कारवाही गरेको छ।

अनुगमन टोलीले बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरेको छ। त्यसैगरी, ललितपुर महानगरपालिका–०२ मा सञ्चालित एस.भी.एल. प्रोफेशनल प्रालिमाथि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको उल्लेख छ।

अन्य फर्महरूलाई भने आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। निर्देशन दिइएका फर्महरूमा केश नेपाल, एस.एस. एजुकेशन सलुसन सर्भिस प्रा. लि., द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, राहुल ट्रेड लिंक्स, अक्सव्रिज फाउन्डेशन फर ग्लोबल स्टडिज प्रा. लि., प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट प्रा. लि. र पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रा. लि. परेका छन्।

यीमध्ये पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालि र प्यासिफिक एजुकेशन कन्सल्टेन्सीलाई सामान्य निर्देशन दिइएको मात्र छ। विभागले अनुगमन क्रममा ऐनको दफा २९ र ३९ अन्तर्गतका कसुर फेला पारेको र त्यसैअनुसार कारबाही अघि बढाइएको स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*