स्वावलम्बन लघुवित्तका कर्मचारी साढे २ महिनादेखि बेपत्ता

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक जना कर्मचारी साढे २ महिनादेखि सम्पर्कबिहीन भएका छन् । कम्पनीको सहायक प्रशिक्षार्थी पदमा कार्यरत राजु राउत बैशाख १२ गतेदेखि बिना कुनै जानकारी सम्पर्कबिहीन बनेका हुन् ।
वीरगंज महानगरपालिका–१६, पर्सा घर भएका राउत शाखा कार्यालय माइस्थानबाट सरुवा भई शाखा कार्यालय विराटचोक, मोरङ्गमा हाजिर भएको अवस्थामा बैशाख १२ गतेदेखि कार्यालयमा मौखिक–लिखित कुनै पनि प्रकारको जानकारी नदिएर बेपत्ता भएका छन् ।
कम्पनीका अनुसार विभिन्न समयमा इमेल तथा हुलाकमार्फत सम्पर्क गर्दा समेत सम्पर्कमा नआएकाले सूचना प्रकाशित गरेर सात दिनभित्र सम्पर्कमा आउन भनेका छन् ।
कार्यालयको काम कारबाही गर्न नसकेर सम्पर्क बिहीन भएका हुन् वा कुनै आर्थिक अपचलन गरेर वा कुनै लघुवित्त विरोधी आन्दोलन गरीरहेका समुहका मानिसको डरले बेपत्ता भएका हुन् त्यो खुल्न बाँकी रहेको छ ।
तोकीएको समयमा कार्यालयमा सम्पर्कमा नआएको अवस्थामा कानुनी बमोजिम कारबाही गर्ने कम्पनीले जानकारी दिएको छ ।













