शेयर स्वामित्व फेर्न उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा

३२ असार २०८२, बुधबार १२:४२

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर स्वामित्व फेर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको असार ३१ गतेको सञ्चालक समितिको बैठकले साउन १७ गते शनिबार भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि विशेष साधारणसभा बस्ने निर्णय गरेको हो।

उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फ ६२.४१ प्रतिशत र सर्वसाधारणतर्फ ३७.५९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हाल संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ।

त्यसैगरी नियामक निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ साउन ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा साउन ६ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*