सन नेपाल लाइफको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने

१ श्रावण २०८२, बिहीबार ०६:५०

काठमाडौं । सन नेपाल लाइफले असार २३ देखि ३० गतेसम्म लिलाम मार्फत् बिक्री खुला गरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरका लागि परेको बोलपत्र भोलि खोलिने भएको छ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले भोलि शुक्रबार बिहान ८ बजे काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा बोलपत्र खोलिने जानकारी दिएको हो।

कम्पनीले वैशाख ४ गतेसम्म कायम शेयरधनीका लागि १ बराबर ०.२७ को अनुपातमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो।

यसमा वैशाख ३० देखि असार ३ गतेसम्म हकप्रद निष्कासन गरेकोमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रदका लागि मात्र आवेदन परेको थियो।

यसरी बाँकी रहेको शेयर लिलाम प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेकोमा बिक्री अवधिभर परेका बोलपत्र खोल्ने तयारी गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*