कालीमाटीमा करेला १० रुपैयाँ किलोमै फालाफाल

१ श्रावण २०८२, बिहीबार ०८:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तीते करेला प्रतिकिलो १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ।

यता हाइब्रीड काँक्रो पनि १० रुपैयाँ प्रतिकिलो छ भने लौका, तने बोडी, हरियो लाम्चे फर्सी र सेतो हाइब्रीड मूला प्रतिकिलो न्यूनतम मूल्य १५ रुपैयाँ तोकिएको छ।

त्यस्तै सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १२० र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*