आजदेखि नयाँ बजेट कार्यान्वयनमा, ३४ प्रतिशत राजस्व बढाउने लक्ष्य

काठमाडौं । आर्थिक वर्ष २०८१र०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८०र०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो ।आर्थिक वर्ष २०८०र०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८१र०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१।६० प्रतिशत राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताएका छन् ।उनले भने, तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।
चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ ।
आर्थिक वर्ष २०७१र०७२ मा ४ खर्ब ५ अर्ब, २०७२र०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३र०७४ मा ६ खर्ब ९ अर्ब, २०७४र०७५ मा ७ खर्ब २६ अर्ब, २०७५र०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।
त्यसैगरी २०७६र०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७र०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८र०७९ मा १० खर्ब ६६ अर्ब, २०७९र०८० मा ९ खर्ब ५७ अर्ब र २०८०र०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।













