नेपाल रिका सञ्चालक रहेका सहसचिव पोखरेल फिर्ता बोलाइए

१ श्रावण २०८२, बिहीबार १०:१९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक समितिका सदस्य समेत रहेका अर्थ मन्त्रलायका सहसचिव सेवन्तक पोखरेल फिर्ता बोलाइएका छन्।

नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल रिको सञ्चालक समितिको सदस्य नियुक्त भएका पोखरेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फिर्ता बोलाउने निर्णय गरेका हुन्।

मन्त्रालयले असार २७ गते एक पत्र पठाउँदै पोखरेललाई फिर्ता बोलाएको हो। यससँगै उक्त पद रिक्त भएको छ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबीन गर्न समिति गठन भएपछि ओझा निलम्बनमा परेका छन्। ओझाको स्थानमा पोखरेललाई प्राधिकरणको अध्यक्षको जिम्मा दिइएसँगै उनलाई नेपाल रिको सञ्चालकबाट फिर्ता बालाइएको हो।

1752674546448

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*