सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा वर्षदिनमा पाँच अर्ब बीमा शुल्क आर्जन, कर्मचारी उत्साहित

१ श्रावण २०८२, बिहीबार १०:३९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल पाँच अर्ब बढी बीमा शुल्क आर्जन गरी उत्कृष्ट कम्पनीको रुपमा स्थापित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०–८१ मा तीन अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको इतिहासमै सगरमाथा लुम्बिनीले पाँच अर्ब रुपैयाँको बीमा शूल्क आर्जन गरेको यो प्रथम पटक हो । कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनले सो सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी तथा स्टेक होल्डरहरु मिलेर भव्य रुपमा मनाएका छन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्पूर्ण कर्मचारी, स्टेक होल्डर तथा ग्राहकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*