दूरसञ्चार प्राधिकरणको निर्देशनपछि एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द

१ श्रावण २०८२, बिहीबार १०:४४

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सञ्चालन गर्दै आएको ‘सधैं अन करोडपति’ योजना आज (साउन १ गते) बाट औपचारिक रुपमा बन्द गरिएको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार योजना बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

एनसेलले एक सूचना जारी गर्दै यो योजना अन्तर्गत ग्राहकहरुलाई पुरस्कृत गर्ने उद्देश्य रहेको भए पनि नियामक निकायको निर्देशन अनुसार तत्काल प्रभावबाट योजना बन्द गरिएको उल्लेख गरेको छ।

‘नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति श्रावण १ २०८२ (जुलाई १७, २०२५) बाट लागु हुने गरी बन्द गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गहरुको जानकारीको लागि सादर अनुरोध गर्दछौं’ कम्पनीले भनेको छ।

कम्पनीले योजनामा पहिले नै सहभागिता जनाइसकेका ग्राहकहरुलाई निर्धारित प्रतिबद्धताअनुसार विजेता घोषणा गरी पुरस्कार वितरण गरिने स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*