नेपाल लाइफका राजु भण्डारीः वर्षदिनमा एक करोड २८ लाख प्रिमियम संकलन, डबल समृद्दि पदकले सम्मानित हुँदै

१ श्रावण २०८२, बिहीबार ११:३६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखामा आवद्ध भइ बीमा व्यवसाय गरीरहेका राजु भण्डारीले ऐतिहासिक सफलता हासिल गरेका छन् । कम्पनीको ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यवसाय गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८१–८२ मा कुल एक करोड २८ लाख रुपैयाँको बीमा व्यवसाय गरी आफ्नै रेकर्ड तोड्न सफल भएका हुन्

भण्डारीले कम्पनीको ताप्लेजुङ शाखमा आएका हरेक बीमितको समस्या समाधानमा अग्रपंतीमा रहेका काम गरीरहेका छन् । ताप्लेजुङ जस्तो भौगोलिक रुपमा बिकट मानिएको ठाँउबाट पनि नेपाल लाइफले ल्याएको बार्षिक लक्ष्य हासिल गराउन ताप्लेजुङका हरेक व्यक्तिको हौसला तथा बीमा गरीदिन आग्रह गरेको भण्डारीले बताए ।

पहिले सिंगल समृद्दि पदकले सम्मानित भएका राजु भण्डारीलाई यो पटक भने नेपाल लाइफले डबल समृद्दि पदकले सम्मान गर्ने भएको छ । कम्पनीले उक्त सम्मान काठमाडौंको सोल्टी होटल भव्य कार्यक्रम आयोजना गरी उपलब्ध गराउने भएको छ ।

घर परिवारको पूर्ण साथ पाएका भण्डारीलाई बीमा व्यवसायमा विभिन्न लक्ष्यप्राप्तीमा ठूलो सहयोग भएको छ । ताप्लेजुङ शाखा कार्यालयको वार्षिक लक्ष्यको १८ प्रतिशत व्यवसाय उनै भण्डारीले गरेका छन् । उनले असार महिनामा मात्रै ५२ लाख बढी रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।

हक्कि स्वभावका धनि भण्डारीलाई कम्पनीका सञ्चालक देखि व्यवस्थापनका उच्च पदाधिकारीले समेत बधाई तथा हौसला र सहयोग गर्ने गरेका छन् । कम्पनीको केन्द्रिय कार्यालय रहेको कमलादीमा समेत उनै भण्डारीको चर्चा चल्ने गरेको पाइएको छ ।

ताप्लेजुङ शाखा प्रमुख मिलन राई ४ महिना अघि मात्रै खोटाङबाट सरुवा भई ताप्लेजुङ आएका हुँन् । ताप्लेजुङ शाखाको वार्षिक लक्ष्य ७ करोड रहेको शाखा प्रवन्धक मिलन राईले जानकारी दिए

ताप्लेजुग जिल्ला साविक हाङदेवा गाविस वडा नं ९ बुङकुलुङमा आमा कमला भण्डारी र रोमनाथ भण्डारीको कोखबाट जन्म लिएका भण्डारी दोस्रो सन्तान हुँन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*