असारमा आइएमई लाइफद्वारा १०७ बीमितलाई दाबी भुक्तानी, ४ करोड ८५ लाख रकम वितरण

१ श्रावण २०८२, बिहीबार १२:५८

काठमाडौं । जीवन बीमा क्षेत्रको एक अग्रणी कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को असार महिनामा १०७ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा विभिन्न बीमा योजनाअन्तर्गत कुल ४ करोड ८५ लाख ७८ हजार ६२५.९२ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार असार महिनामा परेका दाबीमध्ये २३ वटा ‘कनभेन्सनल पोलिसी’ अन्तर्गत परेका थिए, जसअन्तर्गत १ करोड ८० लाख ३० हजार ३२७ रुपैयाँ १५ पैसा भुक्तानी गरिएको छ। त्यसैगरी, ‘टर्म पोलिसी’ अन्तर्गत ६० दाबी परेका थिए, जसअन्तर्गत ६७ लाख ६६ हजार ७६४ रुपैयाँ ९० पैसा भुक्तानी गरिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारी बीमा अन्तर्गत २४ दाबी परेका थिए, जसअन्तर्गत २ करोड ३७ लाख ८१ हजार ५३३ रुपैयाँ ८७ पैसा भुक्तानी गरिएको छ।

कम्पनीले ग्राहकको भरोसा, आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै सबै दाबीहरूलाई शीघ्र, प्रभावकारी र पारदर्शी रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*