साताको अन्तिम दिन १६ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१ श्रावण २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजारमा १६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन कम्पनीको ८१ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड दुई लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ५६ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*