वर्षदिनमा सिद्धार्थ प्रिमियरद्वारा ३ अर्ब दाबी भुक्तानी, बाढी–पहिरो पीडितलाई मात्रै १ अर्ब २१ करोड

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ मा १७ हजार ७ सय ३० वटा दाबी फछ्र्याैट गरी जम्मा ३ अर्ब २ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ ।
कम्पनीले गत साउन महिनाको बाढी पहिरोबाट सृजित दायित्वको मात्र ४५६ वटा दाबी बाट १ अर्ब २१ करोड २ लाख भुक्तानी गरेको र अब बाढी पहिरो संग सम्बन्धित ४६ वटा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीमा आव २०८१/२०८२ मा जम्मा १७ हजार १ सय ५६ वटा दाबी दर्ता भएका थिए । तथ्यांकलाई हेर्दा कम्पनीले आव २०८१/२०८२ मा दर्ता भएका कुल दाबी भन्दा बढी संख्या मा दाबी फछ्र्याैट भएको देखिन्छ । यसबाट कम्पनीको दाबी फछ्र्याैट प्रकृया र सम्पादन कार्य राम्रो रहेको संकेत गर्दछ । अब कम्पनीमा जम्मा ४,३८० वटा दाबी फछ्र्याैट हुन बांकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबीहरु शिघ्र फछ्र्याैटका लागि हर सम्भव प्रयास गरिरहेको र बिमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबी भुक्तानी गर्न ढिलाई भएकोले सम्बन्धित बिमितहरुलाई आफ्नो दाबीसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्याालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी अनुरोध समेत गरेको छ ।
कम्पनीमा भईपरी आउने दाबीहरू शिघ्र फछ्र्याैटका लागि कम्पनीले प्रतिबद्दता जाहेर गरेको छ ।













