हिमालयन बैंकको एफपीओमा हालसम्म कति पर्यो आवेदन ?
१ श्रावण २०८२, बिहीबार १८:३२

काठमाडौं । हिमालयन बैंकको एफपीओ मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म बैंकको एफपीओमा २ गुणा बढी आवेदन परेको छ ।
सिडिएससीका अनुसार आज ५ बजेसम्ममा बैंकको एफपीओमा ८ लाख ७० हजार ६७० जनाको आवेदन परेको छ । एफपीओमा हालसम्म कुल २ अर्ब ९१ करोड ९७ लाख ३३ हजार ७१० रुपैयाँबराबरको १ करोड ८५ लाख ९७ हजार ३० कित्ताका लागि आवेदन परेको छ ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु.१०० अंकित दरमा रु.५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।













