विदेश यात्रा अघि खाता खोल्नैपर्ने: राष्ट्र बैंकको नयाँ व्यवस्था लागू (एकीकृत निर्देशनसहित)
१ श्रावण २०८२, बिहीबार १८:४३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। मौद्रिक नीतिमा समावेश भएको कुरा केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब कार्यन्वयनमा आएको हो ।
राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ।
यसैगरी भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरिएको छ।
2082.04.01_Circular-1_2082-83_FEMD













