एकैदिन ८५ रुपैयाँले महंगियो धनियाँ, अरु तरकारीको भाउ कति?

२ श्रावण २०८२, शुक्रबार ०७:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो धनियाँ एकैदिन किलोमा ८५ रुपैयाँले महंगिएर २६० रुपैयाँ औसत मूल्य कायम भएको छ।

त्यस्तै हरियो बुलेट खुर्सानीको भाउ पनि आधाले बढेर ४५ रुपैयाँ पुगेको छ भने तोरीको सागको भाउ २४ प्रतिशतले घटेर ५७ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा झरेको छ।

यस दिन लाम्चो भन्टा, तीते करेला, चिचिण्डो, भिण्डी, साग, डल्ले च्याउ, न्यूरो लगायको भाउ घटेको छ भने सेलरी, ब्रोकाउली, कुरीलो, इस्कुस, हरियो फर्सी, घिरौला, लौका, बोडी, काउली, बन्दा लगायतको भाउ बढेको छ।

हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*