सञ्चित कोषको घाटा बढ्दै: सरकारको ट्रेजरी पोजिसन करिब २० अर्बले घट्यो
२ श्रावण २०८२, शुक्रबार १२:२५

काठमाडौँ । नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्घीय सञ्चित कोषको अवस्था गत आर्थिक वर्षको तुलनामा कमजोर भएको छ।
सञ्चित कोषमा जम्मा हुने राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकमका आधारमा सरकारको ट्रेजरी पोजिसन २०८१ सालको सुरुमा करिब २ खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा रहेको थियो। एक वर्षमा करिब २० अर्ब रुपैयाँले घाटा बढ्दै चालू आर्थिक वर्षमा यो घाटा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
कर राजस्व र अन्य राजस्वमा केही सुधार भए पनि अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकम घटेको देखिन्छ। चालु खर्च, पूँजीगत खर्च र वित्तीय खर्चका कारण कोषमा रहेको रकम अझै घाटामा छ।
यस अवधिमा सरकारको कुल भुक्तानी र खर्चमा वृद्धि हुँदा कोषको मौज्दातमा नकारात्मक प्रभाव परेको छ।













