नेपाल–चीनको दातृ सम्बन्ध ७० वर्ष पुगेकोमा संस्कृति आदान प्रदान गरिंदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

२ श्रावण २०८२, शुक्रबार १२:३३

काठमाडौं । फोनेक्स इन्स्पिरेशनले नेपालमा पहिलो पटक ‘नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेशनले नेपाल–चीनको संस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेशनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यक्रमको प्रमुख उद्देश्य दुई मित्र देशको भाषा र संस्कृति आदानप्रदान गर्नु हो । यस्तो कार्यक्रम नेपालमा आयोजना भएको तेस्रो पटक हो । यो वर्ष दुई देशको ७०औं दातृ सम्बन्धको अवसरमा आयोजना गर्न लागिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य दुई देशबीचको भाषा र संस्कृति साटासाटा होस् र जसले रोजगारी पनि सिर्जना गरोस् भन्ने हो । अहिले पनि चीनियाँ भाषामा दख्खन राख्ने नेपालीहरूले स्वतः रोजगारी पाइरहेका छन् ।

दुई देशबीचको डिप्लो म्याटिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा चीनका ७० जना विद्यार्थी नेपाल आइसकेका छन् । ‘नेपाल–चीनका विद्यार्थीहरू पर्सी शुक्रबार साउन २ गते विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने छन्,’ उनले भने ‘कार्यक्रममा दुई देशको संस्कृति झल्काउने गीत, नृत्य तथा कविताहरू पस्किने छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले दुई देशबीच हुने यस्ता कार्यक्रमले नेपाल–चीनको सम्बन्ध अझ प्रगाढ बनाउने बताए । ‘नेपाल र चीनको बीचको ठूलो व्यापार भएकोले विद्यार्थीले मात्रै नभई उद्यमी व्यवसायीले समेत चीनियाँ भाषा जान्नु पर्ने बताए । ‘हामी अब उद्यमी व्यवसायीलाई समेत चीनियाँ भाषा सिकाउँदैछौं,’ उनले भने ‘यसले दुई देशबीचको व्यापार व्यवसाय गर्न सहजीकरण मिल्नेछ ।’

‘दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने हाम्रो चाहना हों । त्यसकारण हाम्रो सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा नेपालबाट शिक्षक र विद्यार्थीहरू गरेर ७० जना र चीन तर्फको पनि सोही संख्यामा शिक्षक र विद्याथीहरू कार्यक्रममा सहभागी हुनेछन् । नेपालको तर्फबाट ७० जनाको टोलीले जुलाईको पहिलो हप्तामा चीन भ्रमण गरेको थियो भने चिनियाँ पक्षबाट आज बुधबार जुलाई १६ गते नेपाल आइपुगेका छन् ।

साउन २ गते हुने सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा रहने छन् भने चीनको तर्फबाट महामहिम राजदूत छन सोङ सहभागी हुनेछन् । राष्ट्रिय सभाको सांसद अञ्जान शाक्यको समेत कार्यक्रममा उपस्थिति रहने छ ।

साथै चीनको इंह्वा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याङ्याङ समेत सहभागी हुनेछन् । नेपाल पुलिस क्लबको द ब्ल्यू पेविलियन पदर्शनी मार्गमा साउन २ गते बिहान १० बजे सम्मेलन आयोजना गर्न लागेको हो ।

फानेक्स इन्स्पिरेशनले विभिन्न स्कूलहरूमा चीनियाँ भाषा सिकाउँदै आएको छ भने चीनियाँ फिल्म तथा डकुमेन्ट्रीहरू नेपाली भाषामा डबिङ गर्दै आएको छ भने चीनियाँ कथा, लघुकथा, वालसाहित्य, उपन्यास लगायतलाई नेपालीकरण गरी साहित्य क्षेत्रको समेत ज्ञान आदान प्रदान गर्ने जमर्को गर्दै आएको छ । यसले चिनियाँ भाषामा पोख्त भएका नेपालीहरुले कामको अवसर पाएका छन् ।

‘हैरान’ भन्ने नेपाली चलचित्र चीनियाँ भाषामा डबिङ गरिएको पनि अध्यक्ष ब्लोनले जानकारी दिए । यस संस्थाले चीनियाँ टेलिफिल्मको समेत नेपालीकरण गर्दै आएको छ । यसमा भने चीनियाँ भाषा जान्नेले अनुवादकको रोजगारी पाएका छन् भने चीनियाँ भाषामा दख्खल नहुने कलाकारले समेत आफ्नो भूमिका पाएका छन् ।

यस लगायत विद्यार्थीहरुको आदानप्रदान, शिक्षकहरुको तालिम, प्रधानाध्याकहरुको औपचारिक भ्रमणहरु र अनलाईन माफर्त दुई देशको चाडपर्व तथा रहनसहनको आदानप्रदान गर्दै आएका छ। हरेक महिना चिनियाँ भाषा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*