टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह

२ श्रावण २०८२, शुक्रबार १२:४३

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालहरूमा नेपाल टेलिकमको नाममा आकर्षक सुविधा रहेको जागिर सजिलै दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

सामाजिक सञ्जालमा झुटा सूचनाहरू फैलाउँदै जागिरका लागि अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुली गर्ने कार्य भएको पृष्ठभूमिमा नेपाल टेलिकमले यस्तो भ्रममा नपर्न सेवाग्राहीहरूलाई सचेत गराएको हो ।

कम्पनीले एक जरूरी सूचना प्रकाशित गर्दै सेवाग्राहीहरूलाई यस्ता झुटा प्रचारप्रसारबाट सतर्क रहन अनुरोध गरेको हो। सूचना अनुसार जागिर दिलाइदिने भन्दै सामाजिक सञ्जालहरूमा आकर्षक प्रस्तावसहित फारम भराउन लगाउने तथा पैसा उठाउने कार्यमा संलग्न एक गिरोह सक्रिय रहेको पाइएपछि यस्तो सचेतना जारी गरिएको हो।

नेपाल टेलिकमले आफ्ना सेवाहरू तथा रोजगार अवसरका बारेमा सूचना पाउन कम्पनीको आधिकारिक नील चिन्ह सहितको फेसबुक र एक्स (पहिलेको ट्विटर) जस्ता सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*