उच्च अदालतका न्यायाधीश भरत लम्सालद्वारा राजिनामा

२ श्रावण २०८२, शुक्रबार १३:१८

काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार अर्थात आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् ।

उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। अवकाशमा जानुअघि नै उनले राजीनामा दिएका हुन्। उनको कार्यकाल अझै एक वर्ष बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*