सिटिजन लाइफको व्यवसायिक रेकर्डब्रेक, वर्षदिनमै सात अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड कायम गर्न कम्पनी सफल भएको हो ।
स्थापनाको ८ वर्षको दौरानमा सिटिजन लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्षमा सात अर्ब ५१ करोड रुपैयाँ व्यवसाय गरेर सर्वाधिक व्यवसाय गरेको वर्षको रेकर्ड कायम बनाउन सफल भएको छ । स्थापना कालदेखि नै अन्य जीवन बीमा कम्पनीहरुलाई टक्कर दिदै आएको सिटिजन लाइफले लिएको व्यवसायिक रणनीति र अभिकर्ता प्रोत्साहनका कारण ऐतिहासिक रुपमा व्यवसायिक सफलता हासिल गरेको हो ।
कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनका साथै अभिकर्ताको मिहिनेतले उक्त सफलता हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा स्टेक होल्डरहरुसँग मिलेर भव्य रुपमा मनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्पूर्ण सञ्चालक, स्टेक होल्डर र विशेषगरी अभिकर्ता र कर्मचारीको उत्कृष्ट कार्य सम्पादनले नयाँ रेकर्ड बनाउन सफल भएको बताए ।
सिटिजन लाइफमा उत्कृष्ट व्यवसाय गर्दै आएका अभिकर्ताहरुले कम्पनीका उत्कृष्ट व्यवस्थापन र अभिकर्ताबीचको व्यापक छलफल, सहकार्य तथा आपसी समझादारीले ल्याएका विभिन्न व्यवसायीक स्कीमहरुले साढे सात अर्बको व्यवसाय आर्जन गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।













