सरकारी कागजात र बैंक विवरण किर्ते गर्ने गिरोहको पर्दाफास: झापाका खड्का पक्राउ

२ श्रावण २०८२, शुक्रबार १४:४१

काठमाडौँँ ।  विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको नक्कली छाप र विवरण तयार पार्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार खड्काले काठमाडौंको महाराजगन्ज चोकनजिकै पसल सञ्चालन गर्दै आएका थिए। सोही पसलबाट उनले सरकारी कागजात किर्ते गर्ने, बैंक स्टेटमेन्ट र विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू नक्कली बनाउने कार्य गर्दै आएका थिए।

पक्राउपछिको अनुसन्धानका क्रममा खड्काको साथबाट विभिन्न सरकारी कार्यालयका नक्कली छापहरू पनि बरामद गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*