सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार

२ श्रावण २०८२, शुक्रबार १८:०५

काठमाडौँ । सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार महँगी भत्ता ३ हजार रुपैयाँले बढाइएको हो ।

अर्थ मन्त्रालयले बिहीबार सबै सरकारी निकायहरूलाई परिपत्र जारी गर्दै राष्ट्रसेवक कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ । मन्त्रालयको परिपत्रमा मार्गदर्शनको बुँदा नम्बर ६८ अन्तर्गत भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गतेदेखि लागू हुने गरी महँगी भत्ता बापत मासिक ५ हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ।’

गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धि नगरी महँगी भत्ता बढाउने घोषणा गरेका थिए । तलब यथावत राख्दै महँगी भत्ता २ हजार रुपैयाँबाट ३ हजारले वृद्धि गरेर ५ हजार पुर्‍याउने निर्णय गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*