बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

४ श्रावण २०८२, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*