अपर हेवा खोला हाइड्रोपावरको वित्तीय संकट गहिरिँदैः १ अर्ब ५ करोड ऋण सीमा जोखिममा

४ श्रावण २०८२, आईतवार ११:१३

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘केयर–एनपी डबल बी प्लस (इस्युअर रेटिङ)’ पाएको छ । कम्पनीले पाएको रेटिङ कमजोर वित्तीय विश्वसनीयता र मध्यम स्तरको जोखिम जनाउने संकेत हो।

यस्तो रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमा पूरा गर्न सक्ने क्षमतामा स्पष्ट अनिश्चितता रहेको देखाउँछ। लगानीकर्ताका दृष्टिकोणले हेर्दा यो स्तरको रेटिङ पर्याप्त भरोसायोग्य मानिँदैन।

‘डबल बी प्लस’ जस्तो श्रेणीले उच्च र विश्वसनीय कम्पनीहरूभन्दा धेरै तलको दर्जा जनाउँछ, जसले गर्दा भविष्यमा ऋण चुक्ता गर्नमा समस्या आउन सक्ने सम्भावना रहन्छ। कम्पनीले पाएको यो रेटिङ विशेष सर्तसहित प्रदान गरिएको हो। यदि कम्पनीले आर्थिक वर्ष २०८२ को अन्त्यसम्म १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी ऋण लिएको पाइयो भने यो रेटिङ अझ कमजोर हुन सक्ने खतरा पनि छ।

आगामी दिनमा कम्पनीले सञ्चालनमा रहेको विद्युत् परियोजनाको प्लान्ट लोड फ्याक्टर (पीएलएफ) र सम्झौता गरिएको पीएलएफबीचको अन्तरलाई कम गर्न सक्ने क्षमतामा निर्भर रहनेछ। साथै, पर्याप्त जल प्रवाहको सुनिश्चितता र नेपाल विद्युत् प्राधिकरण (एनइए) बाट समयमा भुक्तानी प्राप्त हुने अवस्था पनि रेटिङका लागि महत्वपूर्ण संवेदनशीलता रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*