सिटी होटल र शिव श्री हाइड्रोपावरलाई हकप्रद शेयर निकाल्न अनुमति

४ श्रावण २०८२, आईतवार १२:३८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद (राईट) शेयर निकाल्न अनुमति दिएको छ।

बोर्डले सिटी होटललाई १ कित्ता बराबर ०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार राईट शेयर निकाल्न अनुमति दिएको हो।

प्रतिकित्ता राईट शेयरको मूल्य १०० रुपैयाँ भएकाले होटलले यसबाट १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्नेछ। यसमा राईट शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

त्यसैगरी शिव श्री हाइड्रोपावरलाई बोर्डले १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता राईट शेयर निकाल्न अनुमति दिएको हो।

यसको पनि राईट शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ नै भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। यसको राईट शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*