काठमाडौैं महानगरद्वारा छात्रवृत्तिको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

काठमाडौैं । काठमाडौैं महानगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिकृतिलाई न्युनिकरण गरी छात्रवृत्तिलाई व्यवस्थित भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा सार्वजनिक गरेको छ ।
महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।
महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।
यो वेबसाइटबाट हेर्नुहोस छात्रवृत्तिको नतिजा
https://entrance.kathmandu.gov.np/













