गण्डकी प्रदेशले पर्सि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै
४ श्रावण २०८२, आईतवार १३:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले पर्सि ६ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ।
बीमा ऐन, २०७९ अनुसार बीमा एजेण्टको लाइसेन्स पाउनका लागि अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेसँगै प्राधिकरणले समयसमयमा यस्तो परीक्षा लिंदै आइरहेको छ।
पर्सी गण्डकी प्रदेश कार्यालयले लिने परीक्षा बिहान ११ बजेदेखि शुरू भएर साढे १२ बजेसम्म चल्नेछ। परीक्षा अनलाईन माध्यमबाट लिइने प्राधिकरणले जानकारी दिएको छ।
यो परीक्षामा नेपाल भरका परीक्षार्थी समावेश गरिने व्यवस्था गरिएको गण्डकी प्रदेश कार्यालयमा जनाएको छ। परीक्षा पास गर्नेले अभिकर्ताको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नेछन्।













